२०८३ वैशाख ५ , शनिबार 19, April 2026, Sunday

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण

सत्यपाटीसत्यपाटी । रुकुम पश्चिम । २०८० फागुन ४ गते शुक्रबार

रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि रु ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार सात सय सातवटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार ६३७ निर्माणाधीन छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी आठ हजार ८९८ वटा र सबैभन्दा कम बाँफिकोट गाउँपालिकामा दुई हजार ६४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार ५६३, मुसीकोट नगरपालिकामा ६६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार ६७५ र त्रिवेणी गाउँपालिकामा तीन हजार वटा अस्थायी आवास निर्माण भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।

चौरजहारी नगरपालिकामा रु १५ करोड ६९ लाख ७४ हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा रु तीन करोड ८६ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा रु १४ करोड ३३ लाख, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार र बाँफिकोट गाउँपालिकामा रु छ करोड ६० लाख २५ हजार लााभग्राहीको खातामा रकम जम्मा भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८० फागुन ४ गते शुक्रबार