सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रमा शक्तिशालीको मस्ती, विकृति यथावत

शक्तिको जहाँ पनि पूजारी हुन्छन भन्ने सत्य स्थापित हुँदै गएको पुरानो मान्यता हो । सुरक्षा निकायमा त झन यसको बढी चर्चा परिर्चा मात्र होइन व्यवहारमा कार्यान्वयन नै हुन्छ । अहिले सशस्त्र प्रहरीका त्यही भएको छ । शक्तिशालीलाई सशस्त्र प्रहरीमा अहिले मात्र होइन, विगतदेखि नै मस्ती हुने गरेको छ ।

त्यसमा आइजी राजु अर्यालले सुधार गरेको भए पनि विकृति यथावत छ । केहीदिन अघि भएको एसपी सरुवामा कतिले कमान्ड नै पाएनन् भने केहिले एउटै गणमा कमान्ड दोहोर्याएर पएका छन् । झापा गणमा सरुवा हुँदा बहाना बनाएर कमान्ड नै नगएका र फौजी आचरण समेत नभएका एसपी समिक महर्जनले कार्यदलको गणपति दोहोर्याएर पाएका छन् ।

सचिवालय मातहतको गणमा झन्डै ८०० कर्मचारी छन् । त्यसमध्ये आधा त बिदामा बस्ने गरेका छन् । त्यसबाहेक कोठावालाहरुले गणमा खाना नखाए पनि पुरै पैसा तिर्नुपर्छ । कसैलाई नटेर्ने महर्जनले झापामा चाहिं कमाइ नहुने भएपछि बहाना बनाउंदै काठमाडौनै बसेका थिए । यता घर जान पाँच महिना बाँकी रहेका सिनामंगलस्थित गणका एसपी पूर्ण साउदले पनि गण छोड्नु परेन ।

उनी पनि गण दोहोर्याएर पाउने भग्यमानी हुन् । संगठनमा सुदूरपश्चिम हाबी भयो उनिहरुको सिन्डिकेट छ अनि जे गरे पनि भयो हलचोकका एक एसएसपी ले भने । हुन पनि उनिहरुको सिन्डिकेट यस्तो छ कि हेडक्वाटरका महत्वपूर्ण जिम्मेवारीमा त्यही ग्याङ छ । सशस्त्र प्रहरीमा घर जानुअघिको एक वर्ष कमाण्ड गर्न पाइँदैन, तर उनी शक्तिको आडमा त्यही बसेका हुन् ।

कर्मचारी प्रशासनमा डिएसपी नन्द साउद, प्रबन्धमा एसएसपी दीपेन्द्र कुँवर, अस्पताल एकाउन्टेन्ट गणेश मल्ल जो कहिले पनि काठमाडौँ बाहिर जाँदैनन् । यस्तै अर्को महत्त्वपूर्ण ठाउँ विदेश तालिम शाखामा डिएसपी कृष्ण विष्टको सिन्डिकेट छ । केन्द्रीय लेखामा काम गर्ने अधिकांश सुदूरपश्चिमका छन् जो दशौं वर्षदेखि एकै ठाउँमा मस्ती गरिरहेका छन् । यता दार्चुलामा राशन कान्ड मच्चाएका एसपी त्रिभुवन विष्टले फेरि काभ्रेस्थित गणको जिम्मेवारी पाएका छन् ।

विष्टकै पालामा एक सिपाहीले सूचना चुहाएको आरोपमा जागिर गुमाएका थिए । पछि गृहमन्त्रालय समेतको पहलमा सशस्त्र प्रहरीले सफाइ दिएर जागिर जोडिदिएको थियो । उनी पनि झण्डै पुरस्कार पाउने सूचीमा थिए । अहिले उनलाई काभ्रे पठाइएको छ । एसपी विष्ट दार्चुला काण्डपछि उनी टिकापुर तालिम केन्द्र जान सफल भएका थिए ।

यस्तै बिबादास्पद एसपीहरु प्रदिप खड्का, राजेन्द्र थापा, रुपकुमार क्षेत्री, रमेशकुमार थापा, बिमल डांगी, भानुभक्त लम्सालले पनि महत्त्वपूर्ण गण पाएका छन् । कहिल्यै भ्याली नछोड्ने एसपी समेनन्द बज्राचार्यले पनि सुनसरीको कमान्ड पाएका छन् । उनी कीर्तिपुरका स्थायी बासिन्दा भएकाले उपत्यकाभित्रै बस्दै आएका थिए । दुई महिना बारा बसेर आएका बज्राचार्य पुनः काठमाडौँ फर्केका थिए । अहिले सुनसरीको कमाण्ड गर्न पुगेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १५:४०

लोकप्रिय