बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका र सो वरिपरिका क्षेत्रका सर्वसाधारणको आँखा उपचारलाई सहज र सरल बनाउने उद्देश्यले राप्तीसोनारी गाउँपालिकामा ‘राप्तीसोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ ।
ग्रामीण आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै आँखाको चेकजाँच र उपचारका लागि नेपालगन्ज धाउनुपर्ने स्थानीयबासीको बाध्यता हटेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
उनले स्वास्थ्य सेवालाई सबैको पहुँचमा केन्द्रीत गर्न ग्रामीण क्षेत्रमै आँखा उपचार पनि सुरु गरिएको बताए । राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएपछि राप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित बैजापुर अस्पतालमा आँखा केन्द्र सञ्चालनमा आएको सो अस्पतालका प्रमुख डा. राम साहले जानकारी दिए ।
पालिकाभित्र आँखा केन्द्रमा सञ्चालन आएपछि आँखाका बिरामीलाई उपचारका लागि अन्यत्र स्थान धाउनुपर्ने बाध्यता अब हटेको उनको भनाइ छ । तिलगङ्गा आँखा प्रतिष्ठानका सर्जिकल इन्चार्ज विमल विसीले नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानले गाउँपालिकासँग मिलेर आगामी पाँच वर्षका लागि उपचार व्यवस्थापनमा सहयोग गर्ने बताए ।
उनका अनुसार पहिलो वर्ष प्रतिष्ठान र पालिकाले कर्मचारीको तलव भत्ता ५०–५० प्रतिशत ब्यहोर्ने सहमति भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार एक जना नेत्र सहायक र एकजना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी आँखा केन्द्रमा छन् ।
जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतियाविन्दुका बिरामीको लगत राखी तिलगङ्गा आँखा प्रतिष्ठानसँग समन्वय गरी शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राहायता दिइने, आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम केन्द्रबाट सञ्चालन गरिनेछ ।
सो आँखा केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, विरामीको आँखासम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, सर्वसुलभ मुल्यमा औषधी तथा चश्माको बिक्री वितरण, आँखा रोगसम्बन्धी आकस्मिक सेवा प्रवाह सुरु गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके