सूचनाको शक्ति - The Power Of Information

        

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब

आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि बजेट सिलिङ १८ खर्ब रुपैयाँ तोकिएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्ष यो सीमाभित्र रहेर बजेट आउने जानकारी गराएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले बजेट सिलिङ निर्धारण गरेको हो । पत्रकार सम्मेलनमा मन्त्री महतले चालू आर्थिक वर्षको बजेट कटौती नभएको बताए । उनले संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेट कटौती नभएको प्रष्ट पारे ।

यसअघि डा.महतले अर्धवार्षिक समीक्षामार्फत चालू बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका थिए । चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १४:४९

लोकप्रिय