मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई छिमेकीले यातना दिएर मलमुत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएका हुन् ।
बोक्सीको आरोपमा मलमूत्र खुवाउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन् । उनी गाउँकी धामी हुन् ।
मलमूत्र खुवाउनले माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले मलमूत्र खुवाएकी थिइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । विराटनगर