सूचनाको शक्ति - The Power Of Information

        

सात महिनामा कामको लागि विदेशिए चार लाख नेपाली

साउनदेखि माघसम्मको सात महिनामा चार लाखभन्दा धेरै नेपाली कामको लागि विदेश गएका छन् । यस अवधिमा चार लाख पाँच हजार ५०० नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार गएको वर्ष यसै अवधिमा चार लाख ७८ हजार ८०० जनाले श्रम स्वीकृति लिएका थिए । पुसको तुलनामा माघमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको छ ।

पुसमा ६५ हजार ८०० नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा माघ महिनामा भने यो सङ्ख्या ६२ हजार १०० रहेको छ । पुसमा जस्तै माघमा पनि धेरै नेपालीहरु कामको लागि संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् ।

माघमा मात्रै १७ हजार नेपाली यूूएई गएका छन् । यस्तै, साउदीमा १२ हजार ३००, कतारमा १२ हजार १०० र मलेसियामा ६ हजार ७०० नेपाली कामको लागि गएका छन् । पछिल्ला महिना रोजगारीका लागि युरोप जानेहरु बढेका छन् ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्यासँगै स्वदेश भित्रिने रेमिट्यान्स पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ०९:४६

लोकप्रिय