सूचनाको शक्ति - The Power Of Information

        

कस्तो लाग्यो फिल्म‘काँडेतार’ को ट्रेलर ? (भिडियो)

फिल्म‘काँडेतार’को ट्रेलर सार्वजनिक भएको छ । नवल खड्का निर्देशित तथा अभिनित फिल्मको ट्रेलरमा एक्दमै बलियो बनेको छ । नेपाली भूमिमाथि हुने गरेको भारतीय अतिक्रमणलाई विषयलाई लिएर फिल्म बनेको छ  ।

खड्का स्वयमले लेखेको कथामा उनले पटकथाका लागि भने शिवम अधिकारीसँग सहकार्य गरेका छन् ।श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ रहेको ‘काँडेतार’ मणि थापा र दीपक शर्माको संगीत रहेको छ।

सौरभ लामा छायाँकार हुन् भने तारा थापा ‘किम्भे’ तथा बन्दे प्रसादको सम्पादन फिल्ममा  छ। नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रहेको यो फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।

फिल्ममा  नवल र गौरव पहारीको अलावा रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ ।फागुन २५ देखि फिल्म प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०९:३४

लोकप्रिय