सूचनाको शक्ति - The Power Of Information

        

महिला प्रिमियर कप क्वार्टरफाइनल : आज नेपाल र कुवेत भिड्ने

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलका खेल आज हुँदैछन् ।

आजको क्वार्टरफाइनलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ ।  मलेसियाको वाईएसडी ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल समुह चरणमा अपराजित रहँदै समुह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

त्यसैगरी समूह चरणमा कुवेतले सिङ्गापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

आजै मलेसिया र जापान तथा हङकङ र थाइल्याण्डबीच पनि क्वार्टरफाइनल खेल हुँदैछ ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वार्टरफाइनलमा पुगेका छन् ।

त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०८:०४

लोकप्रिय