सूचनाको शक्ति - The Power Of Information

        

आज जनयुद्ध दिवस, छैन सार्वजनिक बिदा

गृह मन्त्रालयले आज फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । फागुन १ गतेको सार्वजनिक बिदाबारे सर्वसाधारणमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले आज बिदा कायम नरहेको स्पष्ट पारेको हो ।

सरकारले फागुन १ गते अर्थात आज जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।

‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र ९खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९/१२/०२० मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलवारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार ०९:०५

लोकप्रिय