सूचनाको शक्ति - The Power Of Information

        

सन् २०२३ चार दशकयताकै तातो

सन् २०२३ चार दशककै बढी गर्मी वर्षको रुपमा नेपालमा रेकर्ड भएको छ । नेपालका १२ स्थानमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा अधिकतम र न्यूनतम तापक्रम दुवै सामान्यभन्दा बढी रेकर्ड भएका छन् । सन् २०२३ मा नेपालको औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस थियो । यो सामान्य वार्षिक अधिकत तापक्रमभन्दा ०.६ डिग्री सेल्सियसले बढी हो ।

सन् २०२३ मै नेपालको औसत न्यूतम तापक्रम १५.६ डिग्री सेल्सियस मापन भएको छ, जुन सामान्य वार्षिक न्यूनतम तापक्रमभन्दा ०.५ डिग्री सेल्सियस बढी हो । सन् १९८० को दशकको औसत वार्षिक अधिकतम तापक्रम २६.४ डिग्री सेल्सियस थियो ।

गत वर्ष नेपालका १२ स्टेसनमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको मौसम विज्ञान विभागले जनाएको छ । तनहुँको बन्दीपुर, सुनसरीको चतरा, सिन्धुपाल्चोकको चौतारा, सुनसरीको धरान, नवलपरासी पूर्वको दुम्कौली, गोरखाको बिरेनचोक, धनुषाको जनकपुर विमानस्थल, इलामको कन्याम चिया बगान, ओखलढुंगाको ओखलढुंगा, चितवनको रामपुर, बाराको सिमरा एयरपोर्ट र सिरहाको सिरहामा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको हो ।

दुम्कौलीको अधिकतम तापक्रम सन् १९७९ मे ५ तारिखमा ४३.७ डिग्री सेल्सियस मापन भएकोमा सन् २०२३ को जुन ९ तारिखको दिन ४४.८ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १३:२१

लोकप्रिय