२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २९ गते सोमबार

 तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।

नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् ।

नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमबार