सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ११:२१

लोकप्रिय