सुनसरीमा प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद गरेको छ । प्रहरीले एक हजार दरका नक्कली नोट बरामद गरेको हो ।
सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जनाएअनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उहाँले बताउनुभयो ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंका लागेर स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाएर राखेको नक्कली नोटहरु बरामद भएको हो । बोराभित्र झोलामा राखिएको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
गाडीका चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् भने गाडीमा रहेका अर्का व्यक्ति फरार छन् । प्रहरीका अनुसार गाडी भारतबाटै आएको देखिएको छ ।
बरामद रकम, गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । घटनाका बारेमा थप जानकारी दिन सुनसरी प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ