सूचनाको शक्ति - The Power Of Information

        

नयाँ ब्याजदर सार्वजनिक

फागुनका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

२० वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदर माघको अन्तिम दिन सोमबार सार्वजनिक गरेका छन् ।

बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् ।  बैंकमा तरलता सहज हुँदै गएपछि वाणिज्य बैंकहरूले फागुनका लागि घटाएर नयाँ ब्याजदर तोकेका हुन् ।

जसअनुसार सबैभन्दा सस्तो ब्याजमा ऋण कृषि विकास बैंकले दिने भएको छ ।  व्यक्तिगत मुद्दति निक्षेपमा यो बैंकले ६.४४३ प्रतिशत ब्याज दिने भएको छ ।  त्यस्तै संस्थागत निक्षेपमा ४.४४३ प्रतिशत ब्याज दिने बताइएको छ ।

माघमा यो बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत व्याज तोकिको थियो ।

फागुनका लागि बैंकहरूको ब्याजदर ८.१५ प्रतिशतभन्दा बढी छैन । कुमारी बैंकको ८.०१ प्रतिशत र हिमालयन बैंकको ८.१५ प्रतिशत छ । बाँकी १८ बैंकको भने ब्याजदर ८ प्रतिशतभन्दा कम छ ।

एक समय व्यक्तिगत निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको थियो । ब्याजदर स्थिर राख्नेमा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंक छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०९:२२

लोकप्रिय