सूचनाको शक्ति - The Power Of Information

        

एकदिवसीय शृंखला : क्यानडाविरुद्ध खेल्दै नेपाल

एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज नेपाल क्यानडाविरुद्ध खेल्दै छ । खेल बिहान ९ः१५ बाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि शनिबार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो ।

दुई खेलमा जित हात पारेसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितिसकेको छ

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०९:०२

लोकप्रिय