२०८३ साउन २२ , शुक्रबार 8, August 2026, Saturday

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २८ गते आइतबार

रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।

आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।

यो मुद्दामा आइतबार आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक र अफताब आलमले बहस गरेका थिए ।

त्यस्तै बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए ।

२०६४ सालमा संविधानसभाको चुनावका बेला आलमको चुनाव प्रचारमा खटिएको टिम बम विस्फोटमा परेको र घाइते भएका केही व्यक्तिलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि छ ।

यो मुद्दामा थुनछेक बहसपछि आलम २०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार