२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

१४ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० माघ २८ गते आइतबार

 विभिन्न सेवामा १४ जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी नेपाल लेखापरीक्षण सेवाका चा। जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

त्यसपछि दोस्रोमा नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ तीन जना, नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहतर्फत दुई जना तथा तथ अन्य विभिन्न सेवा, समूह तथा उपसमूहतर्फ पाँच जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

कार्यक्षमताको आधारमा बढुवाका लागि १६ जनाले उम्मेदवारी दिएकोमा १३ जनाको उम्मेदवारी कायम भएकोमा डुलहरी दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी सोही सेवातर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

यस्तै नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्टतर्फ कार्यक्षमताकै आधारमा १६ जनाको उम्मेदवारी परेकोमा १२ जनाको उम्मेदवारी कायम भएकोमा जीवराज पौडेल, सुवासचन्द्र चौधरी र डा.धर्मराज गिरी सोहि सेवाको उपसचिवतर्फ बढुवाका लागि सिफारिस भएका छन् ।

कार्यक्षमताकै आधारमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहतर्फ ६ जनाको उम्मेदवारी परेकोमा ६ जनाकै उम्मेदवारी परेकोमा सुधीरकुमार साह र भोलाप्रसाद थापा सोहि सेवातर्फ बढुवाका लागि सिफारिस भएका हुन् ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार