२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

अभिनेता मिथुन चक्रवती अस्पताल भर्ना

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २८ गते आइतबार

बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन्।

उनलाई शनिबार अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना भएका उनलाई अहिले आइसियुबाट निकालिएको छ।

शनिबार उनलाई एक्कासी छाती दुखेपछि भारतको अपोलो अस्पतालमा लगिएको थियो। उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको छ।

उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी दिइरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार  हाल उनको स्वास्थ्य अवस्था सुधार देखिएको छ।

७३ वर्ष पुगेका उनलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्ट सहितको चिकित्सक समुहले उपचार गरिरहेका छन्।

उनलाई देखिएको इस्केमिक रोग रगत जमेको कारण हुन्छ। यसले गर्दा मस्तिष्कमा हुने रगतको प्रवाहको नलीलाई रोकिदिन्छ।

मिथुनले थुप्रै बलिउड फिल्ममा काम गरेका छन्।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार