सूचनाको शक्ति - The Power Of Information

        

साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत

 साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् ।

ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी वकिलले आरोपी गोरखा स्थायी घर भइ काठमाडौं बस्दै आएका ३५ वर्षीय गोपीराज गुरुङविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

घटना २३ चैत २०७९ को हो । आरोपी फेला नपरेपछि प्रहरीले गुरुङलाई फरार प्रतिवादीका रुपमा अभियोग अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतवार १५:२९

लोकप्रिय