२०८३ असार १२ , शुक्रबार 27, June 2026, Saturday

साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २८ गते आइतबार

 साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् ।

ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी वकिलले आरोपी गोरखा स्थायी घर भइ काठमाडौं बस्दै आएका ३५ वर्षीय गोपीराज गुरुङविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

घटना २३ चैत २०७९ को हो । आरोपी फेला नपरेपछि प्रहरीले गुरुङलाई फरार प्रतिवादीका रुपमा अभियोग अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार