२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

नेप्से साढे १० अंकले बढ्यो, चार अर्बको कारोबार

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २८ गते आइतबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक ०.५० अंकले बढेको छ ।

नेप्से १०.५० अंकले बढेर २०८५.८२ को विन्दुमा पुगेको छ ।

यस दिन एक करोड पाँच लाख ७१ हजार ११९ कित्ता सेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये तीनवटाको समूहगत सूचक बढेको छ । १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

एनआईसी एसिया ग्रोथ फन्ड टुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार