जानकी गाउँपालिकाले अपांगता परिचयपत्र वितरण गरिरहेको छ । वडा-वडामा घुम्ती शिविरको आयोजना गरेर अपांगता परिचयपत्र वितरण भइरहेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले वडा नम्बर १, २ र ३ मा अपांगता परिचयपत्र वितरण गरिसकेको शाखा प्रमुख कल्पना गाहाले जानकारी दिइन् ।
वडा नम्बर १ देखि ६ सम्म माघ २६ देखि फाल्गुन ३ सम्म घुम्ती शिविरमार्फत अपांगता परिचयपत्र वितरण गर्ने गरी काम भइरहेको गाहाले बताइन् ।
पूर्ण अशक्तलाई रातो, अति अशक्त निलो, मध्यम पहेँलो र सामान्यलाई सेतो परिचयपत्र दिइन्छ । वडा नम्बर ३ मा भएको घुम्ती शिविरमा वडा अध्यक्ष राजकुमार कुर्मी, वडा सदस्य हुसेनी अहिर, जानकी गाउँपालिका अपांगता संजालका सल्लाहकार रामानन्द तमोली लगायतले परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके