सूचनाको शक्ति - The Power Of Information

        

‘अगस्त्य’को गीतमा रोमान्टिक सौगात र मलिका (भिडियो)

फिल्म ‘अगस्त्य’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

 ‘मायामा तिम्रै मायामा’ बोलको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत फिचर्ड छन् ।एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडी योगीको संगीत तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा सविन एकतारेको शब्द तथा रिकेश गुरुङ संगीत निर्मातामा छन् ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।

निर्देशक तथा लेखक सौरभ चौधरीको अगस्त्यको निर्देशन रहेको फिल्ममा  सौगात र मलिकासँगै नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी लगायतको पनि अभिनय छ । आगामी फागुन १८ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मलाई सन्जय लामाले खिचेका हुन्।

प्रकाशित मिति : २८ माघ २०८०, आइतवार १२:१२

लोकप्रिय