एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले भुटानको सामना गर्दैछ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।
नेपाल र भुटानले समूह ‘डी’ अन्तर्गतको आआफ्नो पहिलो खेल जितेका छन् । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो । भने भुटानले माल्दिभ्सलाई ९४ रनले हराएको थियो ।
समूह डी मा रहेका हङकङ र माल्दिभ्सले पहिलो खेलमा हार बेहोरेका छन् । नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने तालिका रहेको छ ।
एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् । चार समुहका विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।
यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ