सूचनाको शक्ति - The Power Of Information

        

स्पेनिस ला लिगा : जिरोनामाथि रियल म्याड्रिडको सानदार जित

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जिरोनामाथि सानदार जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा जिरोनालाई ४–० गोल अन्तरले हराउँदै रियल मड्रिडले फराकिलो जित निकालेको हो ।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ तथा भिनिसियस जुनियर र रोड्रीगोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै रियल म्याड्रिड २४ खेलबाट ६१ अंकका साथ शीर्षस्थानमा रहेको छ भने पराजित भएको जिरोना ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतवार ०८:३२

लोकप्रिय