२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

स्पेनिस ला लिगा : जिरोनामाथि रियल म्याड्रिडको सानदार जित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २८ गते आइतबार

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जिरोनामाथि सानदार जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा जिरोनालाई ४–० गोल अन्तरले हराउँदै रियल मड्रिडले फराकिलो जित निकालेको हो ।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ तथा भिनिसियस जुनियर र रोड्रीगोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै रियल म्याड्रिड २४ खेलबाट ६१ अंकका साथ शीर्षस्थानमा रहेको छ भने पराजित भएको जिरोना ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार