सूचनाको शक्ति - The Power Of Information

        

भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’

साताव्यापी भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ हो । फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ ।

यस दिन प्रेम जोडीले एक अर्कासँग नछुट्टिने प्रण गर्छन् । त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपूर्ण रहन्छ ।

यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै बाच्ने सँगै मर्ने जस्ता कसमहरू खाने गरिन्छ ।

आजको दिनमा प्रेम जोडीहरू म सधैँ तिमीलाई माया गर्नेछु,  हाम्रो माया कहिल्यै मर्ने छैन, म कहिल्यै बदलिने छैन, सधैँ साथ दिनेछु, हामी एक अर्काको सल्लाह बिना काम गर्नेछैनौँ, हरेक समयमा साथ दिनेछु लगायतका बाचाहरू गर्ने गर्छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतवार ०८:१०

लोकप्रिय