सूचनाको शक्ति - The Power Of Information

        

हप्तामा कति पटक कपाल नुहाउने ?

शरीर नुहाउनभन्दा कपाल नुहाउन सहज र छिटो हुन्छ । यसकारण मानिसहरुले शरीरको तुलनामा कपाल धेरै पटक नुहाउने गर्दछन् । सामान्यतया थोरै नुहाउने व्यक्तिले पनि हप्तामा दुई पटक नुहाएकै हुन्छ ।

कतिपयले हप्तामा तिन पटक, कतिपयले चार पटक नुहाउँछन् भने केही मानिसहरूले दैनिक रूपमा नुहाउने गर्छन् । शरीरको हकमा दैनिक नुहाउँदा फाइदाजनक नै हुन्छ तर कपालको हकमा भने दिनहुँ नुहाउँदा समस्या निम्तन सक्छ ।

यस कारण आज हामी हप्तामा कति पटक कपाल नुहाउनु उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी गराउँदैछौं । तीन दिनमा एक पटक कपाल धुनु ती व्यक्तिहरूका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ ।

हरेक बिहान उठेर वर्कआउट गर्ने व्यक्तिहरूको कपाल चिपचिपे हुन्छ । उनीहरूका लागि यो रुटिन सही हुँदैन । यसै गरी तपाईँको खानपानको आदतले पनि कति चाँडो चाँडो कपाल धुनुपर्छ भन्ने बताउँछ । तर, सबैलाई हुने एउटा समस्या हो, बढ्दो उमेरसँगै कपाल रुखो हुनु ।

यस्तोमा नियमित रूपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ । सामान्यतया हामी कपाल चिपचिपे हुनुको दोष स्काल्प बाट स्वत निस्कने तेललाई दिन्छौं । अनि यो तेललाई कम गर्नका लागि हामी विभिन्न प्रोडक्टहरु प्रयोग गर्छौँ ।

यसपछि हामी कपाललाई पोषित गर्नका लागि अर्ग्यानिक, एसेन्सियल आयलले मसाज पनि गर्छौ । यो एउटा चक्र जसरी घुमिरहन्छ । तर, सत्य के हो भने स्काल्पले उत्पादन गर्ने तेल कपालका लागि सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले यस्ता उत्पादनहरूबाट टाढै बस्न राम्रो हुन्छ ।

सेम्पु र कन्डिसनरमा सल्फेट्स हुन्छ । यसले तपाईँको स्काल्प र कपालबाट फोहोर तथा तेललाई हटाएर त्यसलाई सफा गर्छ । तर, सल्फेट्सको समस्या के हो भने यसले स्काल्पको प्राकृतिक तेल र पसीना तथा फोहोरयुक्त चिपचिपमा अन्तर भेट्दैन । सल्फेट्सले प्राकृतिक तेललाई पनि स्काल्पबाट अवशोषित गर्छ ।

त्यसैले सकेसम्म सल्फेट–फ्री सेम्पू र कन्डिसनर प्रयोग गरौँ । बारम्बार सेम्पु लगाउनाले कपालको प्राकृतिक तेल नष्ट हुन्छ । त्यसैले सधैँ सेम्पु लगाउनको सट्टा कहिलेकाहीँ पानीले मात्रै कपाल सफा गर्न पनि सकिन्छ । कपाल भिजाउने र औंलाले मसाज गरेर फोहोर सफा गर्नुस् । त्यसपछि सफा पानीले कपाल पखाल्नुपर्छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार ११:३४

लोकप्रिय