सूचनाको शक्ति - The Power Of Information

        

अख्तियारमा थुप्रिए २२ हजारभन्दा बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २२ हजारभन्दा बढी उजुरी थुप्रिएका छन् । केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी अख्तियारमा पुससम्म २२ हजार १२७ उजुरी परेका हुन् । त्यसमध्ये ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।

स्थानीय तहमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत धेरै काम हुने र सेवाग्राहीका विषय जोडिने भएकाले उजुरी बढेको आयोगको बुझाइ छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्थानीय तहपछि अख्तियारमा भूमि र शिक्षासँग सम्बन्धित उजुरी धेरै आएका छन् ।

स्थापना भएको ३३ वर्ष पूरा गर्दा आयोगले विदेश अदालतमा दायर गरेका मुद्दामा ७० प्रतिशतभन्दा बढीमा दाबी विपरीत फैसला हुनुले अख्तियारको अनुसन्धान क्षमतामाथि भने प्रश्न उठ्दै आएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रुपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार ११:२०

लोकप्रिय