सूचनाको शक्ति - The Power Of Information

        

के तपाइलाई लगातार हाई आइरहन्छ ? हुन सक्छ यस्तो समस्या

निन्द्रा पुरा नहुँदा बढी थकाइ अनुभव भएपछि हाई आउनु वा हाई काढ्नु सामान्य कुरा हो । तर के तपाइले ध्यान दिनु भएको छ, थुप्रै व्यक्ति निरन्तर केही अन्तरालमा हाई काढ्ने गरेका छन् । यो स्वास्थ्यको लागि राम्रो सङ्केत होइन ।

थुप्रै पटक हाई काढ्नुको सम्बन्ध केही गम्भीर रोगसँग पनि हुन सक्छ । हाई काढ्नु लाई धेरै जसो निन्द्रासँग जोडेर देखिने गरिएको छ । तर यस्तो पनि व्यक्ति छन् जो पूर्ण निन्द्रा लिएर पनि दिनभरि हाई काढी रहेका हुन्छन् ।

यस्तो भए शरीरको प्रक्रियामा केही गडबडी त छैन भनेर जान्ने प्रयास गर्नुपर्छ । यदि तपाइ घेरै बढी हाई काढ्नु हुन्छ १५ मिनेटको समयमा तिन पटक भन्दा बढी हाई आउँछ भने यो स्वास्थ्य समस्याको सङ्केत हुन सक्छ ।

उसो त हाई काढ्नेको कुनै यकिन कारण छैन, यसलाई धेरै जसो थाकिएको अवस्था अन्तर्गत हुने स्वाभाविक प्रक्रियाको रूपमा देखिने गरिन्छ । अत्यधिक हाई काढ्नु अन्य स्वास्थ्य स्थितिको कारण पनि हुन सक्छ ।

लगातार हाई आउनुका कारणहरू

  • बढी हाई काढ्नुको पछाडि निन्द्राको कमी सबैभन्दा सामान्य कारक मध्ये एक हो ।
  • हाई आइरहनुको एक कारण स्लिप एप्निया वा अनिन्द्राको कारण हुन सक्छ । स्लिप एप्निया एउटा गम्भीर निन्द्रा विकार हो जसमा सास बारम्बार रोकिन्छ र शुरु हुन्छ । यदि जोडले घुर्ने व्यक्ति रातभरको निन्द्रा पछि समेत थाकेको अनुभव गर्छन् भने स्लिप एप्नियाको बिरामी हुन सक्छन् ।
  • कुनै विशेष औषधीको साइड इफेक्टमा पनि बढी हाई आउन सक्छ । केही एन्टिसाइकोटिक्स वा एन्टीडिप्रेसेन्ट औषधि साइड इफेक्टको रूपमा बढी हाईको कारण बन्न सक्छ । यो समस्याबाट बाँच्न विना डाक्टरको सल्लाह औषधि सेवन गर्नु हुदैन ।
  • बढी हाई काढ्नु ब्रेन डिसअर्डरको पनि सङ्केत हुन सक्छ । पार्किन्सस रोग, मल्टिपल स्केलेरोसिस, माइग्रेन टाउको दुखाई जस्तो अवस्था बढी हाई आउन सक्छ ।
  • चिन्ता वा तनावको कारण पनि बढी हाई आउने हुन्छ । यस्तै मुटुको समस्याको कारण समेत बारम्बार हाई आउँछ । शरीरको चारैतिर अक्सिजनको आपूर्ति प्रभावित हुँदा पनि हाई आउने गरेको छ ।
  • हाई काढ्नुको एउटा कारण डिप्रेसन (उदासी रोग) पनि हो । यस्तो अवस्थामा व्यक्ति धेरै थकाइ अनुभव गर्छ वा एन्टि डिप्रेसेन्ट औषधिहरूको सेवन गर्ने कारण धेरै बढी हाइ आउने गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार ०९:००

लोकप्रिय