२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

एउटै पालिकामा बुवा मेयर, छोरा हाकिम अनि भजितो इन्जिनियर !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० माघ २७ गते शनिबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा एउटा पालिकामा बुवाछोरा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाकामा प्रमुख रूपमा बिजय सिंह धामी रहेका छन् भने प्रमुख प्रशासकीय अधिकृतका रुपमा उनका छोरा पुस्कर सिंह धामी कार्यभार सम्हालिरहेका छन् । धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ ।

तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको हो ।

यतिमात्रै होइन, नगर प्रमुखका भतिजाले समेत गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन् । मेयरका भतिजा योगेश सिंह धामी इन्जिनियरका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिबार