सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० माघ २७ गते शनिवारको राशिफल

२०८० माघ २७ गते शनिवार, १० फेब्रुअरी २०२४ । माघ शुक्लपक्ष प्रतिपदा तिथि । धनिष्ठा नक्षत्र । चन्द्रराशि मकर, ११ः३७ बजेदेखि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पहिलेका काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । मिहिनेत परे पनि नयाँ अवसर हातपार्न केही समय लाग्नेछ । मध्याह्नपछि स्थितिमा सुधार आउला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटले काम पूरा हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ । गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला । श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ । वादविवादमा अघि नसर्नुहोला । परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ । सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ । सोचेको लाभ भने नहुन सक्छ । मध्याह्नपछि स्थितिमा सुधार आउनेछ । प्रातिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विभिन्न अवसर पनि प्राप्त हुनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला । मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ । नयाँ योजना थाल्न पनि केही समय प्रतीक्षा गर्नुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि बुद्धि खर्चनुपर्ला । भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ । व्यवसायमा मनग्य धन लाभ हुनेछ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले राम्रै फाइदा दिलाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ, सजग रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत गर्दा आयस्रोत बढाउन सकिनेछ । तर सरसापटमा रकम बाहिरिन सक्छ । लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च पनि बढाउनेछ । आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार ०७:२६

लोकप्रिय