सोनाम ल्होसारको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा गरेको छ । बौद्ध धर्मावलम्बीकाे बाहुल्य रहेको इन्द्रसरोवार गाउँपालिकामा आज शुक्रवारदेखि तीन सार्वजनिक बिदा दिने गाउँपालिकाको कार्यालयले निर्णय गरेको हो ।
सोनाम ल्होसारको अवसरमा आज माघ २६ देखि २८ गतेसम्म सार्वजनिक बिदाको अवधिमा गाउँपालिका मातहतका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थाहरू बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।
सोनाम ल्होसारको अवसरमा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद कार्कीले संयुक्त रुपमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली महानुभावमा सुस्वास्थ्य तथा दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
यस पर्वले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त यस गाउँपालिकाका जनतामा आपसी सहिष्णुता, मेलमिलाप र भाइचाराको सन्देश प्रवाह गर्ने अपेक्षा राख्दै शुभकामना सन्देशमा सर्वले समृद्ध इन्द्रसरोवर निर्माणमा जुट्ने प्रेरणा प्रदान गरोस् भनिएको छ ।
साथै उक्त पर्व बिदाको समयमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु रहनेसमेत प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ