सूचनाको शक्ति - The Power Of Information

        

देशभर अधिकतम तापक्रम बढ्याे

काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्दै जाने मौसमविद् सञ्जीव अधिकारीले बताउनु भयो ।

आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री रहेको छ ।

यस्तै, डोटीको दिपायलको अधिकतम तापक्रम २५ देखि २७ डिग्री, दाङको घोराही र रुपन्देहीको भैरहवामा २० देखि २२ डिग्री, सुर्खेतको वीरेन्द्रनगर र जनकपुरको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहेको छ ।

यस्तै, आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। अहिले कुनै पनि न्यून चापीय प्रणालीको प्रभाव नरहेकाले देशभर वर्षाको सम्भावना तत्काल नरहेको मौसमविद् अधिकारीले बताउनु भयो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १४:३१

लोकप्रिय