सूचनाको शक्ति - The Power Of Information

        

लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।

सूचना नं. १६४– २०८०/८१ प्रकाशन मिति २०८०।१०।२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०।१०।२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो । आयोगको मिति २०८०।१०।२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार ०९:५०