सूचनाको शक्ति - The Power Of Information

        

‘टुर दि ठाकुरद्वारा’मा भारत–चीनका साइकलयात्रीको सहभागिता

माघ २६ र २७ गते हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारत र चीनका साइकलयात्रीको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा दुईसय बढी साइकलयात्री सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लब टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिनुभयो ।

नेपालगन्ज साइक्लिङ क्लबले बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धनका लागि विगत ६ वर्षदेखि टुर दि साइकलयात्रा सञ्चालन गर्दैआएको छ ।

कार्यक्रम संयोजक निरौलाले भन्नुभयो, ‘बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा १०४ किलोमिटर लामो छ ।’ कार्यक्रम संयोजक निरौलाले तयारी पूरा भएको जानकारी दिनुभयो । बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्नेछ ।

२६ गते बिहान नेपालगन्जको बागेश्वरीबाट सुरु हुने यात्रा बाँके र बर्दियाका विभिन्न धार्मिक र पर्यटकीयस्थल पुगेर ठाकुरद्वारा पुग्नेछ । यात्रामा सहभागी हुने साइकलयात्रीहरुमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दैआएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो ।

यसवर्ष २७ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । टुर दि ठाकुरद्वारा साइकल यात्राको अघिल्लो दिन बिहीबार बिहान नेपालगञ्जको वाटरपार्कमा किड्स साइकल दौड सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १७:२५

लोकप्रिय