२०८३ जेठ १५ , शुक्रबार 29, May 2026, Friday

सन्दीपको पक्षमा नारा लगाउने दुई समर्थक प्रहरीको नियन्त्रणमा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २५ गते बिहीबार

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा र ब्यानरबाजी गरेका थिए ।

प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केही बेर घम्साघम्सीको स्थिति बनेको थियो ।

त्यसपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाएका दुईजनालाई नियन्त्रणमा लिएको हो । घम्साघम्सीका कारण खेल केही बेर अवरुद्ध बनेको थियो ।

जारी खेलको ४१.२ ओभर सकिँदा नेपालले सात विकेट गुमाएर १८१ रन बनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार