सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा अवैध खसीसहित दुई पक्राउ

 जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली अवैधरुपमा नेपाल ल्याउँदैगरेका अवैध खसीबाख्रा बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका पाँचवटा खसीबाख्रा बुधवार नेपालगन्जबाट बरामद गरेको हो ।

अवैध खसीबाख्रा ल्याउने कार्यमा संलग्न नेपालगन्ज उपमहानगरपालिका १ का आशिष कुरेसी र बादशाह कुरेसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले खसीबाख्रा ढुवानी गर्न प्रयोग भएको भे ६ प ४५१२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ । बरामद गरिएका पाँचवटा खसीबाख्रा र मोटरसाइकलको अन्दाजी मूल्य १ लाख ८ हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका खसीबाख्रा, मोटरसाइकल र पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि आज नेपालगन्ज भन्सार कार्यालय पठाईएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार ०८:४१

लोकप्रिय