सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगरसहित श्रीमान्-श्रीमती पक्राउ

जुम्लामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ बस्ने २३ वर्षीया बिन्दु धिताल (मल्ल) र उनकै श्रीमान् २४ वर्षीय योगेन्द्र मल्ल छन् ।

६ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई  मंगलबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १९:३४

लोकप्रिय