२०८२ चैत २८ , शनिबार 12, April 2026, Sunday

भेरी अस्पतालमा एमआरआई मेसिन सञ्चालन गर्ने निर्णय

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २४ गते बुधबार

नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिले पूर्णता पाएलगत्तै बसेको समितिको पहिलो बैठकले अस्पतालमा आइपुगेको करिब २४ करोडको अत्याधुनिक एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा बसेको समितिको बैठकले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै मेसिन तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताउनुभयो।

उहाँले सो मेसिन जडानका लागि आवश्यक पर्ने सबै कुरा उपलब्ध गराएर छिटो भन्दा छिटो मेसिन जडान गर्ने विकास समितिले निर्णय गरेको बताउनुभयो।

अस्पताल विकास समितिले पूर्णता पाएकोले मेसिन जडान लगायत रोकिएका काम अब पुनः सुरु गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले बताउनुभयो।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार