गत एक महिनादेखि अत्यधिक बढेको चिसोका कारण बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा रहेका बालबिज्याइकर्ता (बालबन्दी) हरुलाई समस्या परेपछि ५० थान कम्बल वितरण गरिएको छ ।
नेपाली काँग्रेसका सङ्घीय सांसद आशा विकको पहल र नेपाली काँग्रेसका नेत्री कमला हमालको समन्वयमा नेपाल खिष्टिय राहत सेवा समिति कुमारीपाटी, ललितपुरको सहयोगमा कम्बल वितरण गरिएको हो ।
सो बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाले चिसोले बालबिज्याइकर्तालाई समस्या परेको जानकारी गराएपछि सांसद विक र नेत्री हमालको समन्वयमा प्राप्त भएको ५० थान फाइबर कम्बललाई बैजनाथ गाउँपालिका –३ का वडा अध्यक्ष निखिल बैगारमार्फत बालसुधार गृहका प्रमुख रानालाई हस्तान्तरण गरिएको छ ।
बालबिज्याइकर्ताका लागि प्राप्त भएको कम्बल उनीहरूलाई वितरण गरिएको जनाउँदै बाल सुधार गृहका प्रमुख रानाले बाल सुधार गृहको आग्रहलाई ध्यानमा राखेर सांसद विकको पहलमा कम्बल प्राप्त भएकाले यसबाट बालबिज्याइकर्तालाई चिसोमा राहत मिल्ने बताउनुभयो ।
उहाँले यसअघि पनि एडभोकेसी फोरम र कारागार शाखाबाट केही थान कम्बल प्राप्त भएको जनाउँदै अपुग रहेकालाई यस पटक वितरण गरिएको बताउनुभयो । यसैगरी सांसद विकको पहलमा जानकी गाउँपालिका –६ का अति विपन्न ५० परिवारलाई पनि कम्बल वितरण गरिएको छ ।
अति विपन्न तथा गरिब घरपरिवारका लागि न्यानो कपडा भन्ने अभियानका साथ सङ्घीय सांसद विकको पहलमा नेपाल खिष्टिय राहत सेवा समिति कुमारीपाटी ललितपुरकै सहयोगमा प्राप्त भएको सो ५० थान फाइबर कम्बल जानकी गाउँपालिका वडा –६ का वडा अध्यक्ष जगदीश हरिजनमार्फत वडामा वितरण गरिएको हो ।
वडा–६ का वडा अध्यक्ष हरिजनले सो कम्बल प्राप्त भएपछि वडा ६ का अति विपन्न ५० परिवारलाई ठुलो राहत भएको बताउनुभयो । काँग्रेसका नेत्री कमला हमालले बाँकेको बाल सुधारगृह र जानकी ६ मा सो कम्बल सहयोग गर्ने नेपाल खिष्टिय राहत सेवा समितिका अध्यक्ष प्रकाश सुब्बा, कार्यकारी निर्देशक रोमी केसी र कार्यक्रम संयोजक शिव ग्वाछालाई आभार व्यक्त गर्नुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके