सूचनाको शक्ति - The Power Of Information

        

नेपाल र क्यानडाबीचकाे खेलकाे प्रत्यक्ष प्रसारण ‘डिशहाेम गाे’ मा

 नेपाल र क्यानडाबीच ३ वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला भोलिदेखि शुरु हुँदैछ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा रोहितसँगै आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह छन् ।

प्रतियोगिताको दोस्रो खेल आउँदो शनिवार र अन्तिम खेल सोमवार हुनेछ । सबै खेल कीर्तिपरको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरु हुनेछ । यो खेलको ‘एक्शन स्पाेर्ट्स एचडी’ र ‘डिशहोम गो’ मा प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १५:२६

लोकप्रिय