सूचनाको शक्ति - The Power Of Information

        

विपिन र मिरुनाको `ऊनको स्वीटर’ लुक्स

नवीन चौहानको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा विपिन कार्की र मिरुना मगर चित्रित छन् । ऊनको स्वीटर लगाएका विपिन  देखिएका छन् । सर्लक्क कोरिएको कपाल र हल्का जुँगामा उनको लुक्स आकर्षक देखिन्छ ।पोस्टरमा मिरुना भने मगर पहिरनमा छिन् ।

फिल्ममा कथा निर्देशक चौहानको नै छ ।सुजन चापागाईं र कोविद बज्रको संगीत रहने फिल्मलाई चिन्तनराज भण्डारीले खिच्नेछन् ।आगामी बैशाखबाट छायांकनको तयारी गरिएको फिल्ममा विपिन र मिरुनाका अलवा माओत्से गुरुङ, एलेक्स विश्वकर्मा (पारस), परीक्षा लिम्बु, अनिल सुब्बा, सुरज तमु, मिलन खत्री, अरुण पुन मगर लगायतको पनि अभिनय रहनेछ । आर्टमान्डुले फिल्मको निर्माण गर्नेछ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १२:३०