सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने काम गर्दै आएका छन्।
कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य विभिन्न ठाउँमा लुकाएर लागूऔषध भित्र्याउँदै आएका तस्करले पछिल्लो पटक लागूऔषध ब्राउन सुगरलाई आलुभित्र लुकाएर राखेर भित्र्याउन खोजेको पाइएको छ।
आलु काटेर त्यसभित्र लागूऔषध ब्राउन सुगर लुकाएर फेरि आलुलाई जोडेर भित्र्याउन खोज्ने दुई जनालाई ब्राउन सुगरसहित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले नेपाल–भारतको सीमा क्षेत्र जमुनाह नाकाबाट जिल्ला कञ्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तीर्थराज पन्थ र जिल्ला बहराइच रुपैडिहा बस्ने २५ वर्षीय अनवर हुसेनलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार भारतीय बजार रुपैडिहाबाट मोटरसाइकलमा सवार नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा आलुभित्र लुकाई राखेको अवस्थामा ६ ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका उनीहरूले आलुको बोरा भित्र आलुको दानामा उक्त लागू औषध ब्राउन सुगर लुकाएर राखेको अवस्थामा जमुनाह प्रहरीका इन्चार्ज सही नवीन रिजालको कमाण्डमा खटिएको टोली र लागूऔषध ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको डिएसपी डाँगीले बताउनुभयो।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यहाँस्थित नेपाल भारत नाका पारीको रुपैडिहा बजारमा खुला रूपमा लागु औषध बिक्री गरिने भएकोले तस्करले सोही लागूऔषध खरिद गरेर नेपालतर्फ भित्र्याउने गरेका छन् भने लागूऔषधको लतमा लागेका धेरै नेपाली युवा रुपैडिहा पुगेर नै सेवन गरेर फर्किने गरेका छन्।
भारतबाट भित्र्याइएको लागूऔषधलाई बाँकेको नेपालगन्ज र कोहलपुर मात्र नभई सुर्खेत, दाङ, सल्यान र कालिकोट जुम्लासम्म पुर्याइने गरिएको प्रहरीले जनाएको छ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके