सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पश्चिमी वायु कमजोर हुँदा आज छैन वर्षाको सम्भावना

पश्चिमी वायु कमजोर हुँदै फेरि आंशिक प्रभाव मात्र परेकाले वर्षाको सम्भावना नदेखिएको हो ।

आज देशभर वर्षा हुने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु कमजोर हुँदै फेरि आंशिक प्रभाव मात्र परेकाले वर्षाको सम्भावना नदेखिएको हो ।

तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

उनले भने, ‘देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आशिंक बदली हुनेछ, पश्चिम तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भावना छैन ।’ उनका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ ।

मौसमविद् पुडासैनीले कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा आज हल्का हिमपातको मात्र सम्भावना छ । आज दिउँसो कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी काठमाडौँको आजको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री तथा अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहनेछ भने काठमाडौँमा वर्षाको सम्भावना नरहेको र काठमाडौँको मौसम आजका लागि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ०६:०४

लोकप्रिय