सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० माघ २४ गते बुधवारको राशिफल

२०८० माघ २४ गते बुधवार, ७ फेब्रुअरी २०२४ । माघ कृष्णपक्ष द्वाशी तिथि, १०ः५४ बजेपछि त्रयोदशी । पूर्वाषाढा नक्षत्र । चन्द्रराशि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन । शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । कामको चाप बढ्ने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । उधारोमा व्यापार गर्नुपर्ला । आफ्नो सूचना बाहिरिन स्क्छ, सजग रहनुहोला । धेरै फाइदा नभए पनि मिहिनेत गर्दा आंशिक लाभ उठाउन भने सफल भइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

काममा दौडधुप गर्नुपरे पनि मिहिनेतले सफलता दिलाउनेछ । समस्या पन्छाएर काम गर्न सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ । हल्लाको पछि लाग्दा अलमल हुनेछ । तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ । अध्ययनमा भने बाधा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले उत्साहित भइनेछ । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला । सहयोगीहरू कमै भेटिनेछन् । पारिवारिक काममा व्यस्त हुनुपर्ने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि लगानी बढाउन सकिनेछ ।उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

दैनिक काममा उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा रकम बाहिरिन सक्छ । उधारो व्यापारले रकम अड्किन सक्छ । किनमेलमा पनि अधिक खर्च हुन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम गर्न सकिनेछ । तारिफयोग्य कामको चर्चा हुनेछ । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ०५:५४

लोकप्रिय