सुर्खेतमा स्थापना भएको श्री ज्योति फाउण्डेसनले भूकम्पबाट प्रभावित छोरीहरूलाई पढ्न सहयोग गर्ने भएको छ।
भर्खरै स्थापना भएको फाउण्डेसनले भूकम्पमा परी आमाबुवा गुमाएका विपन्न र अति विपन्न परिवारका छोरीहरूलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्न लागेको हो।
तत्काल २० जना छोरीहरूको शिक्षामा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गरेर अभियानको सुरूआत गरिने फाउण्डेसनका अध्यक्ष ज्योति कटुलालले जानकारी दिइन्।
भूकम्पबाट प्रभावित अति विपन्न परिवारका छोरीहरूको एकदेखि दस कक्षासम्म सामुदायिक विद्यालयमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेसनले व्यहोर्ने उनले जाकारी दिइन्।
‘हामीले परिवारको अति कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएको छोरीहरूको पढाइमा सहयोग गर्ने उद्देश्यका साथ संस्था स्थापना गरेका हौं, यही बेलामा भूकम्पले धेरैलाई प्रभावित बनाएको छ,’ अध्यक्ष कटुवालले भनिन्, ‘अहिले भूकम्प प्रभावित जिल्लाहरूका आमाबुवा गुमाएका अतिविपन्न परिवारका छोरीहरूलाई शिक्षामा सहयोग गरेर हाम्रो उद्देश्य कार्यान्वयनको सुरूआत गर्दैछौं।’
उनले हाल भूकम्प प्रभावित स्थानीय तहहरूको सिफारिसका आधारमा छोरीहरूलाई फाउण्डेसनले पढाउने जानकारी दिइन्।
यही उद्देश्यका साथ फाउण्डेसनले मंसिर १५ गते सुर्खेतमा सांगीतिक साँझ गरेको थियो। उक्त सांगीतिक साँझबाट संकलन भएको रकम बैंकमा जम्मा गर्ने र त्यसबाट प्राप्त ब्याजबाट छोरीहरूको शिक्षामा सहयोग गर्ने कटुवालले बताइन्।
उनका अनुसार स्थानीय तहले सिफारिस गरेका भूकम्प प्रभावित छात्राहरूको स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ।
सांगीतिक साँझबाट फाउण्डेसनले २२ लाख ७५ हजार ४९७ रुपैयाँ संकलन गरेको थियो। जसमध्ये ९ लाख ६१ हजार ३४ रुपैयाँ सांगीतिक साँझमा खर्च भएको अध्यक्ष कटुवालले जानकारी दिइन्।
हाल संकलन भएको रकममध्ये १३ लाख १४ हजार ४६३ रुपैयाँ बचत छ। सांगीतिक साँझका क्रममा बिक्री भएको टिकटमध्येबाट १२ लाख रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिइन्।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत