सूचनाको शक्ति - The Power Of Information

        

नेप्से सूचक ९ अंकले बढ्यो, २ अर्ब ५९ करोडको कारोबार

 मंगलबार सेयर बजार परिसूचक नेप्सेमा झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो ।

यद्यपि, अघिल्लो दिन १४ अंकले नेप्से बढेको बजारमा २ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र कारोबार हुँदा आज ९ अंकले नेप्से बढ्दै गर्दा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल रि–इन्स्योरेन्सको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

१३ वटा उपसूचकहरू मध्ये आज ट्रेडिङ र अन्य समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् ।  १८१ कम्पनीको सेयर मूल्य बढ्दा ५७ वटा कम्पनीको मूल्य घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा आज समलिङ्ग पावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १६:१५

लोकप्रिय