सूचनाको शक्ति - The Power Of Information

        

पाठेघरको मुखको क्यान्सर विरुद्ध २० हजार किशोरीलाई खोप

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २० हजार किशोरीलाई खोप लगाइएको छ ।

चौध देखि १५ वर्ष उमेरका २० हजार किशोरीलाई  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाइएको हो  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महिलामा देखिने क्यान्सरमध्ये बढी मात्रमा पाठेघरको मुखको क्यान्सर भएकाले सो खोप लगाइएको हो । क्यान्सर रोकथामका लागि थप खोप ल्याउन पहल भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

सानै उमेरमा विवाह, असुरक्षित शारीरिक सम्बन्ध, सरसफाइमा हेलचक्रई लगायत कारणले पाठेघरको मुखको क्यान्सर हुने उनले बताए ।

पाठेघरको मुखको क्यान्सरका बिरामी २१ देखि २२ सय जना वार्षिक रूपमा देखा पर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १४:५१

लोकप्रिय