२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

सौगात र बेनिशाको `सिटामोल´ लुक्स

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २३ गते मंगलबार

छायांकनको क्रममा रहेको फिल्म ‘सिटामोल’बाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लूक्स सार्वजनिक गरिएको छ ।

सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् ।

यो तस्वीरबाट सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ ।करिब ५० प्रतिशत छायांकन सकिएको फिल्मलाई निर्देशक राज बहादुर सानेले निर्देशन गरेका हुन् ।

बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचि रहेका छन् । फिल्ममा उनीहरुका अलावा लोकेन्द्र लेखकले पनि मुख्य भुमिकामा काम गरेका छन् ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार