२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनचाँदीको मूल्य घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २३ गते मंगलबार

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार