२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

खर काट्ने क्रममा जलेर मृत्यु

सत्यपाटीसत्यपाटी । चितवन । २०८० माघ २३ गते मंगलबार

चितवनमा जलेर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१३, क्यामराङकी ४२ वर्षीया ज्ञानुमाया प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब साढे २ बजे राप्ती–१३, पान्द्रुङ चुलीस्थित पाखो जंगलमा खर काट्ने क्रममा जलेर उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार, जंगलमा लागेको डढेलोले जलेर घाइते भएकी उनलाई उपचारका निम्ति जिल्ला अस्पतालमा ल्याइएको थियो ।

उपचारका क्रममा आज बिहान साढे ४ बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार